शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल डिल्लीबजारबाट पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज (बुधबार) उनलाई पक्राउ गरेको हो।
दीपक भट्ट र शंकरका छोरा शुलभ अग्रवालसमेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो।
सोही मुद्दामा थुनछेक प्रयोजनका लागि अग्रवाललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
अग्रवाललाई प्रहरीले बुधबार नै उच्च अदालत पाटनमा थुनछेक प्रयोजनका लागि उपस्थित गराएको छ।
उक्त मुद्दाको अभियोग पत्रमा अग्रवाललाई फरार प्रतिवादीका रूपमा उल्लेख गरिएको थियो।
2.7k
Shares

प्रतिक्रिया