अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सर्वसाधारणले सातामा तीन दिन मात्रै भेट्न पाउने भएका छन्।
अर्थमन्त्रीको सचिवालयले जारी गरेको सूचनाअनुसार सातामा मंगलबार, बुधबार र बिहीबार दुई घण्टा मात्रै अर्थमन्त्री वाग्लेलाई भेट्न पाइनेछ।
‘अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूलाई भेट्न आउनुहुने सरोकारवाला, विशिष्ट महानुभाव तथा सर्वसाधारण आगन्तुकहरूको सहजताका लागि भेटघाटको समय निर्धारण गरिएको छ,’ सचिवालयले जारी गरेको सूचनामा भनिएको छ।
सचिवालयले सार्वजनिक गरेको क्युआर कोडमार्फत भेटघाटको विषय र अग्रिम समय तालिका सचिवालयमार्फत निर्धारण गरेर मात्रै अर्थमन्त्रीलाई भेट्न सकिने भनिएको छ।
सातामा मंगलबार, बुधबार र बिहीबार अपराह्न ४ देखि ६ बजेसम्म मात्रै अर्थमन्त्रीलाई भेट्न सकिने सचिवालयले बताएको छ।
213
Shares

प्रतिक्रिया