कारोबार


प्रधानमन्त्रीसँगै थाइल्यान्ड गयो चेम्बर टोली, केके हुँदै छन् सम्झौता?

प्रधानमन्त्रीसँगै थाइल्यान्ड गयो चेम्बर टोली, केके हुँदै छन् सम्झौता?

नेपालखबर
चैत १९, २०८१ मंगलबार १६:२५, काठमाडौँ

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली प्रधानमन्त्री केपी शर्मा ओलीसँगै थाइल्यान्ड गएको छ। 

निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै अध्यक्ष कमलेश कुमार अग्रवाल, चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा र मानार्थ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति अर्जुन प्रसाद शर्मा प्रधानमन्त्री ओलीसंगै आज थाइल्यान्ड गएका हुन्। 

थाइल्यान्ड भ्रमणका क्रममा दुईपक्षीय व्यापार सहजीकरण, पर्यटन प्रवद्र्धन, लगानी अभिवृद्धि लगायतका विषयमा समझदारी एवं सम्झौता हुने चेम्बर अफ कमर्सले जनाएको छ। नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाइल्यान्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा छुट्टै सम्झौताको तयारी समेत भएको छ। 

थाइल्यान्ड भ्रमणका क्रममा प्रधानमन्त्रीसँगै चेम्बर पदाधिकारी टोलीले त्यहाँका प्रतिष्ठित व्यवसायीसँग भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ। थाइल्यान्डको निजी क्षेत्रसंग दुईपक्षीय व्यापार सहजीकरण, नेपालमा लगानी अभिवृद्धि जस्ता विषयमा छलफल गर्न लागिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए। 

नेपाल र थाइल्यान्डका पर्यटकीय क्षेत्रहरुको पहिचान र प्रवद्र्धन गर्दै संयुक्त रुपमा बजार प्रवद्र्धनात्मक अभियान, नागरिक उड्डयनको क्षेत्रमा संयुक्त सहकार्य, सम्पदा र संस्कृतिको आदानप्रदान, व्यापार एवं लगानी अभिवृद्धिका लागि सहकार्य गर्ने चेम्बरको तयारी छ। चेम्बर पदाधिकारी टोली आगामी २२ गते स्वदेश फर्किनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad