कारोबार


फोनपोइन्ट्स र आईएमएस सफ्टवेयरबीच साझेदारी, ग्राहकलाई के फाइदा?

फोनपोइन्ट्स र आईएमएस सफ्टवेयरबीच साझेदारी, ग्राहकलाई के फाइदा?

नेपालखबर
चैत २७, २०८१ बुधबार १३:५३, काठमाडौँ

डिजिटल प्लेटफर्म फोनपोइन्ट्स र आईएमएस सफ्टवेयरबीच सहकार्य भएको छ।

योसँगै २० हजारभन्दा बढी मर्चेन्ट काउन्टरहरूमा सहज र छिटो छुट प्रक्रिया सुरु हुने उक्त प्लेटफर्मले जनाएको छ। 

कम्पनीका अनुसार साझेदारीको मुख्य उद्देश्य ग्राहकलाई सरल, सहज र निरन्तर अनुभव प्रदान गर्नु हो। जहाँ अब छुट प्राप्त गर्न कुनै म्यानुअल भेरिफिकेसनको आवश्यकता छैन। केवल एक कोड देखाएर तुरुन्तै बिलमा छुट पाइनेछ।

सुरुवाती छुट अफरहरूमा सेल्सबेरीका सातदोबाटो, मूलपानी, महाराजगन्ज, सीतापाइला, बत्तीसपुतली, चिप्लेढुङ्गा शाखाहरूमा २ सय रुपैयाँ छुट, बाल्ट्राका सबै उत्पादनमा १२ प्रतिशत छुट पाइने जनाइएको छ। यसबाहेक यी स्थानहरूमा फूड एण्ड ड्रिङ्क्समा १५ प्रतिशत छुट पाइनेछ।

ती स्थानमा पिज्जा वर्ल्ड-पिज्जा प्लानेट-क्याफेभिल्ला-बोधी बुक्स एन्ड बेक्स-द ऐ ला लाउन्ज रहेका छन्। त्यसैगरी जिनवेस्टमा सबै फेसन आइटममा १५ प्रतिशत छुट, सनडाउनमा नि:शुल्क तन्दूरी प्ल्याटर, फुल चिकेन तन्दुरी, स्टिम चिकेन मोमो वा ५ सय रुपैयाँबराबरको भौचर, हेल्मेट्स नेपालमा १० प्रतिशत छुट वा नि:शुल्क प्रडक्ट पाइने जनाइएको छ। 

कसरी छुट पाउने?
छुटका लागि सबैभन्दा पहिले फोनपोइन्ट्स एप्स वा पार्टनर्स एप खोल्नुपर्नेछ। त्यसपछि अफर रोजेर उपलब्ध अफरहरुबाट मन पर्ने छु६ अफर छान्नुपर्नेछ र रिडिम गर्नुपर्नेछ। 

कम्पनीका अनुसार त्यसपछि कोड प्राप्त हुनेछ। कोड अफर रिडिम गरेपछि युनिक कोड, एप वा इमेलमार्फत आउनेछ। त्यसलाई बिल प्रिन्ट गर्नुअघि व्यापारीलाई देखाउनुपर्नेछ।

त्यसपछि व्यापारीले आईएमएस सफ्टवेयरमा कोड हाल्नेबित्तिकै बिलमा तुरुन्तै छुट लागू हुने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad