कारोबार


नवलपरासीबाट मिराया वेलनेस एन्ड गल्फ रिसोर्टको ‘समर स्टेकेसन अफर’, ४० प्रतिशतसम्म छुट

नवलपरासीबाट मिराया वेलनेस एन्ड गल्फ रिसोर्टको ‘समर स्टेकेसन अफर’, ४० प्रतिशतसम्म छुट

नेपालखबर
बैशाख २१, २०८२ आइतबार ११:४, काठमाडौँ

ईको-वेलनेस गल्फ रिसोर्टमध्ये एक मिराया वेलनेस एन्ड गल्फ रिसोर्टले ‘समर स्टेकेसन अफर’ सार्वजनिक गरेको छ।

सीजी हस्पिटालिटीअन्तर्गत देवचुली, नवलपरासीमा सञ्चालित उक्त रिसोर्टमा २०२५ जुन ३० सम्म ४० प्रतिशतसम्म छुटमा डेकेसन तथा स्टेकेसन प्याकेज उपलब्ध छन्।

‘हाम्रो उद्देश्य भनेको अतिथिहरूलाई पूर्ण विश्राम र प्राकृतिक, आध्यात्मिक तथा सांस्कृतिक अनुभव दिने हो,’ मिराया वेलनेस एन्ड गोल्फ रिसोर्टले विज्ञप्तिमा भनेको छ, ‘यस समर अफरमार्फत हामी जोडी, परिवार र साथीहरूबीच शान्त वातावरणमा रमाइलो गर्ने अवसर दिन चाहन्छौँ।’

समर डेककेसन प्याकेजअन्तर्गत एक दिनको बसाइ ६ हजार रुपैयाँमा गर्न सकिनेछ।

यस प्याकेजमा ६० मिनेटको स्पा थेरापी वा २ घण्टाको गल्फ सेसनमध्ये एक रोज्न सकिने सुविधा छ।

साथै स्थानीय उत्पादनबाट बनेको स्वास्थ्यवर्द्धक थ्री-कोर्स लन्च दिइनेछ। पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट, जिम, बोर्ड गेम्स र कम्प्लिमेन्टरी वाइफाईसमेत प्रदान गरिएको रिसोर्टले जनाएको छ। 

साथै ७ देखि १२ वर्ष उमेरसम्मका बालबालिकाका लागि ‘किड्स डेककेसन’ ३ हजार रुपैयाँमा उपलब्ध छ। यसमा ३० मिनेटको किड्स स्पा सेसन, बच्चाका लागि तयार पारिएको विशेष लन्च र विविध खेलकुद तथा मनोरञ्जनात्मक गतिविधि पनि समावेश छन्।

जोडी र परिवारका लागि स्टेकेसन प्याकेज पनि आकर्षक मूल्यमा उपलब्ध छन्। क्लब रुम १२ हजार र लागुन भिल्ला १६ हजारमा उपलब्ध छन्, जसमा दुई जना बस्न सकिन्छ। 

त्यस्तै २-बेडरुम क्लब रुम ३० हजार र २-बेडरुम लागुन भिल्ला ४० हजारमा चार जनासम्मका लागि उपलब्ध छ । ४ वर्षमुनिका बालबालिकाको बसाइ भने निःशुल्क हुनेछ।

यी प्याकेजमा दैनिक नास्ता, दिउँसोको चियासँगै टिबेटियन सिङिङ बाउल साउन्ड थेरापी, गाइडेड नेचर वाक र फरेस्ट बाथिङ, स्पामा ४५-मिनेटको वाटर वेलनेस सेसन, इन्क्रेडिबल इन्ट्रो टु गल्फ सेसन, रूख रोपाइँ वा तरकारी टिप्ने अनुभव र बालबालिकाका लागि माछा मार्ने, कला तथा हस्तकला गतिविधि समावेश छन्।

‘हामीले यी प्याकेजहरू यस्तो किसिमले डिजाइन गरेका छौँ कि जसले प्रत्येक पाहुनाको मन जितोस्- चाहे उनीहरू विश्राम खोज्दै आएका हुन्, प्रकृतिसँग जोडिन चाहेका हुन् वा परिवारसँग रमाइलो समय बिताउन’, रिसोर्ट व्यवस्थापनले भनेको छ।

अतिथिहरूलाई रिसोर्टमा उपलब्ध सुविधाबाहेक नजिकैका प्रमुख गन्तव्य पनि भ्रमण गर्न प्रोत्साहन गरिएको छ। शाश्वतधाम मन्दिरमा आरती पूजा, सीजी म्युजियम र उन्नति कल्चरल भिलेजमा थारु कला, खाना र जीवनशैली अनुभव (मिरायाका पाहुनालाई निःशुल्क प्रवेश) को व्यवस्था गरिएको रिसोर्टले जानकारी दिएको छ। 

साथै अतिरिक्त शुल्कमा स्थानीय समुदायसँगको सहकार्यमा जंगल सफारीको अवसर पनि उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad