कारोबार


‘माफियाका पक्षमा भूमि विधेयक ल्याएर कसरी सुकुम्बासीको व्यवस्थापन गर्नुहुन्छ?’

‘माफियाका पक्षमा भूमि विधेयक ल्याएर कसरी सुकुम्बासीको व्यवस्थापन गर्नुहुन्छ?’

सोमबार संसदमा प्रचण्ड र केपी शर्मा ओली


नेपालखबर
बैशाख २२, २०८२ सोमबार १४:४८, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकारले सुकुम्बासीको व्यवस्थापन गर्न नसक्ने बताएका छन्। 

उनले वर्तमान सरकार माफियाको पक्षमा मात्र काम गर्न उद्यत देखिएको बताएका हुन्। 

संसदमा बोल्दै उनले नीति तथा कार्यक्रममा सुकुम्बासी व्यवस्थापनलाई एक लाइन मात्र लेखेर झारो टार्ने काम गरेको उल्लेख गरे।

‘बिजुलीको अर्बौँ बक्यौता नतिर्नेहरुलाई खुसी पार्नुभयो तर त्यहीँनिर अघिल्लो सरकारले ५ लाख भूमिहीन सुकुम्बासीलाई जग्गाको स्वामित्व दिने चिन्ता तपाईंहरुमा पलाएन। अहिले पनि निकै कञ्जुस्याइँ गरेर नीति तथा कार्यक्रममा उनीहरुको व्यवस्थापन गरिनेछ भनेर १ लाइन लेख्नुभएछ’, उनले प्रश्न गरे, ‘तर माफियाहरुको पक्षमा भूमिसम्बन्धी विधेयक ल्याएर कसरी गर्नुहुन्छ व्यवस्थापन? त्यसै पनि पत्याउने आधार बाँकी राख्नुभएको छ र? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad