कारोबार


पासपोर्ट छपाइ टेन्डरबाट बाहिरियो अमेरिकी कम्पनी, फ्रान्स र जर्मनीका कम्पनीबीच प्रतिस्पर्धा

पासपोर्ट छपाइ टेन्डरबाट बाहिरियो अमेरिकी कम्पनी, फ्रान्स र जर्मनीका कम्पनीबीच प्रतिस्पर्धा

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १७:१७, काठमाडौँ

राहदानी विभागको ६४ लाख पासपोर्ट छपाइको टेन्डर प्रक्रियाबाट अमेरिकी कम्पनी बाहिरिएको छ।

विभागले मंगलबार सार्वजनिक गरेको विवरणमा प्याकेज १ मा २ कम्पनी मात्रै प्राविधिक मूल्यांकनमा छनोट भएका छन्। 

प्याकेज २ मा भने ४ वटा कम्पनी प्राविधिक मूल्यांकनमा छनोट भएका छन्। विभागले आर्थिक प्रस्तावका लागि २८ मे अर्थात् आगामी जेठ १४ गते आर्थिक प्रस्ताव खोल्ने जनाएको छ। 

राहदानी विभागले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार प्याकेज १ मा जर्मनीको मुलबउर र फ्रान्सको आईडेमिया छनोट भएका हुन्। त्यसैगरी प्याकेज २ मा मुलबउर, आईडेमिया, भेरिडोस र पीडब्लु पीडब्लु कम्पनी प्राविधिक मूल्यांकनमा छनोट भएका छन्। 

पासपोर्ट छपाइका लागि प्याकेज १ मा ३ कम्पनीले आवेदन दिएका थिए भने प्याकेज २ मा ४ कम्पनीको आवेदन परेको थियो। 

प्याकेज १ मा फ्रान्सेली कम्पनी आईडेमिया, अमेरिकी कम्पनी आइरिसिस र जर्मन कम्पनी मुलबउर सहभागी थिए। प्याकेज नम्बर २ मा आईडेमिया, जर्मन कम्पनी मुलबउर, पोल्यान्डको पीडब्लु पीडब्लु र जर्मनकै भेरिडोसले आवेदन दिएका थिए।

६४ लाख पासपोर्ट छपाइका लागि विभागले मंसिर १३ मा पहिलोपटक टेन्डर आह्वान गरेको थियो। तर एक कम्पनीलाई मात्र फाइदा पुग्ने गरी टेन्डर आह्वान गरिएको भन्दै विवादमा पर्‍यो।

फ्रान्सको बहुराष्ट्रिय कम्पनी आइडेमियाको प्रभावमा परी स्पेसिफिकेसन तयार गरेको आरोप लागेपछि विभागले १२ जनवरीसम्म आवेदन दिने व्यवस्थालाई १ महिना थप गरेको थियो। बीचमा टेन्डर डकुमेन्ट संशोधन भएपछि अन्तिम समयमा फ्रेबुअरी २१ सम्म पुर्‍याइयो। 

प्याकेज नम्बर १ र २ मा फ्रान्स र जर्मनीका एकै कम्पनी सहभागी भएका छन्। हाल पासपोर्ट छपाइ गरिरहेको आइडेमिया दुवै प्याकेजमा सहभागी छ।

यो पनि- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad