कारोबार


कोरोना नियन्त्रण कोषमा कर्मचारी सञ्चय कोषको ५ करोड सहयोग

कोरोना नियन्त्रण कोषमा कर्मचारी सञ्चय कोषको ५ करोड सहयोग

नेपालखबर
चैत २१, २०७६ शुक्रबार ९:५,

कर्मचारी सञ्चय कोषले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रूपमा महामारी फैलाएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्धारा स्थापना गरिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ करोड रूपैंया आर्थिक सहयोग गरेको जनाएको छ।

कर्मचारी सञ्यच कोषको सञ्चालक समितिको अध्यक्षमा (अर्थसचिव राजस्व) का रामशरण पुडासैनीलाई नेपाल सरकारले नियुक्त गरको छ। पुडासैनी कोषको अध्यक्ष नियुक्ति भएसँगै गत बुधबार बसेको पहिलो बैठकले कोरोना नियन्त्रणको लागि ५ करोड रुपैयाँ सहयोग गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad