अटो


कोरोना महामारीसँग लड्न खुलेर सहयोग गर्दै भारतीय अटो कम्पनी, कुनले कति रकम दिए?

कोरोना महामारीसँग लड्न खुलेर सहयोग गर्दै भारतीय अटो कम्पनी, कुनले कति रकम दिए?

नेपालखबर
चैत २१, २०७६ शुक्रबार ९:१०,

भारतको जीडीपीमा करिब ७ प्रतिशत योगदान गर्ने अटो क्षेत्रले कोरोनाविरुद्ध लड्न विभिन्न प्याकेज घोषणा गरेका छन्।

विश्वव्यापी रुपमा फैलिएको कोरोना रोकथाम तथा उपचारको लागि कम्पनीहरुले विभिन्न प्याकेज घोषणा गरेका हुन्।

भारतका ठूला अटो उद्योगमध्ये केहीले नगद सहयोग गर्ने बताएका छन् भने केहीले अस्पताल, मास्क, पीपीई बनाउने घोषणा गरेर काम थालिसकेका छन्।

अटो ग्राहकहरुको लागि भने धेरै कम्पनीले फ्रि सर्भिस र वारेन्टी जुन अन्तिमसम्मलाई विस्तार गरेका छन्।

कोरोनाविरुद्ध लड्न कुन कम्पनीले के घोषणा गरे ?
टाटा ट्रष्टले ५ अर्ब भारतीय रुपैयाँ कोरोनाविरुद्ध लड्न खर्च गर्ने बताएको छ। टाटा ग्रुपका अध्यक्ष रतन टाटाले पीपीई, टेस्टिङ किट्स, जनचेतना लगायतको काममा खर्च गर्ने बताएका छन्।

हिरो ग्रुपले भारतमा कोरोनाविरुद्ध लड्न १ अर्ब भारतीय रुपैयाँ सहयोग गर्ने जनाएको छ। जसमा ५० करोड प्रधानमन्त्री कोषमा जम्मा हुनेछ भने ५० करोड अन्य सामग्रीमा खर्च गर्ने बताएको छ।

बजाज ग्रुपले १ अर्ब भारतीय रुपैयाँ कोरोना रिलिफ प्यकेज घोषणा गरेको छ। उक्त रकम स्वास्थ्य सेवा र आवश्यक पर्नेलाई खाना र वासमा खर्च हुने बताएको छ।

मर्सिडिज बेन्ज इन्डियाले भारतको पुनेमा १५ सय आइसोलेसन बेडको अस्थायी अस्पताल बनाउने घोषणा गरेको छ। उक्त हस्पिटल ३ सय ७४ रुमसहितको हुने कम्पनीले बताएको छ।

मारुती सुजुकी इन्डियाले १० हजार १ महिनामा १० हजार भेन्टिलेटर उत्पादन गर्ने बताएको छ। त्यस्तै पीपीई र ३ प्लाई मास्क २० लाख उत्पादन गर्ने बताएको छ। त्यस्तै कम्पनीले अप्रिल ३० सम्म सकिने वारेन्टी सर्भिस, फ्रि सर्भिसलाई विस्तार गर्दै जुन ३० सम्म विस्तार गरेको छ।

टीभीएस मोटर्सले ३० कारोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । उक्त सहयोग स्वास्थ्य कर्मचारी, सुरक्षाकर्मी, दैनिक ज्यालादारगरी खानेलाई खानलगाएतको क्षेत्रमा खर्च हुने बताएको छ ।

एमजी ग्रुप भारतले २ करोड भारतीय रुपैयाँ सरकारी अस्पतालमा सहयोग गर्ने बताएको छ ।

भारतका धेरै अटो कम्पनीले आफ्ना सेवालाई विस्तार गरेका छन् । वारेन्टी र फ्रि सर्भिस जुन अन्तिमसम्म गर्ने धेरै कम्पनीले बताएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad