अटो


टाटाको कुपे डिजाइनमा कर्भ ईभी सार्वजनिक, मूल्य ५६.९९ लाख

टाटाको कुपे डिजाइनमा कर्भ ईभी सार्वजनिक, मूल्य ५६.९९ लाख

नेपालखबर
फागुन ११, २०८१ आइतबार १९:५२, काठमाडौँ

सिप्रदी ट्रेडिङले टाटा कर्भ ईभी काठमाडौँमा सार्वजनिक गरेको छ।

टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदीले कुपे एसयुभी माेडल बजारमा ल्याएको हाे।

सिप्रदीले कुपे डिजाइनमा नयाँ मोडलको रूपमा कर्भ ईभी ल्याएको छ। सिप्रदीले ल्याएको गाडीमध्ये यो सबैभन्दा बढी ब्याट्री क्षमताको छ। यसमा ९८ किलोवाट मोटर पावर छ भने ५५ किलोवाट आवरको ब्याट्री छ।

नेपालमा टाटाले नेक्सन ईभी, टियागो ईभी, पञ्च ईभीपछि कर्भ नेपाली बजारमा ल्याएको हो। कर्भ ईभीको टप भेरियन्टको मूल्य ५६ लाख ९९ रूपैयाँ रहेको छ।

नेपालमा यो गाडी ५५ किलोवाट आवरको ब्याट्रीमा सार्वजनिक भएको छ। आधुनिक डिजाइनको इन्टेरियर कर्भ ईभी डुअल टनमा छ। यसमा १२.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्चको ड्राइभर डिस्प्ले छ।

सुरक्षा फिचर्समा एन्टिलक ब्रेकिङ सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल छ भने अधिकतम गति १६० प्रतिकिलोमिटर छ। त्यसबाहेक टाटाले टियागाे २०२५ माेडल सार्वजनिक गरेको छ। टाटा टियागाे इन्ट्री लेभलको माेडल हाे। २७.४९ लाख रहेको छ। नेपालमा २ हजार बिक्री गरिसकेको छ।

त्यस्तै, टाटा नेक्सनको नयाँ भर्जन के थ्री सार्वजनिक गरेको छ। ४५ किलाेवाट आवर ब्याट्री क्षमतामा ल्याएको छ। जसमा ३२५ किलोमिटर ग्यारेन्टी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad