समाज


आइतबारको बिदा नहट्ने, निजी क्षेत्रमा लागू गराउन सरकारले पहल गर्ने

आइतबारको बिदा नहट्ने, निजी क्षेत्रमा लागू गराउन सरकारले पहल गर्ने

नेपालखबर
साउन ८, २०८३ शुक्रबार १६:५५, काठमाडौँ

सरकारले आइतबारको बिदा फिर्ता नगर्ने भएको छ। सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आइतबार बिदा दिने निर्णय तत्कालका लागि अलोकप्रिय भए पनि त्यसको प्रभाव दीर्घकालमा मात्र देखिने हुँदा हप्ताको दुई दिन बिदा फिर्ता नहुने बताएका हुन्। 

शिक्षामन्त्री पोखरेलले यस विषयमा विभिन्न असन्तुष्टिहरू आएका छन् भन्ने थाहा भएको तर यो हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि निर्णय गरिएको बताए। 

अन्तर्राष्ट्रिय रुपमा पनि साप्ताहिक रूपमा दिइने २ दिनको बिदाको कार्यासम्पादनमा निकै सुधार भएको उदाहरण दिँदै उनले नेपालको हकमा पनि त्यही कुरा लागू गर्न खोजिएको बताए।

‘आइतबारको बिदाले तत्कालका लागि केही अप्ठेरो र असहज बनाएको महसुस भए पनि दीर्घकालीन रूपमा यसले सकारात्मक प्रभाव देखिने छ। मानसिक स्वास्थ्यका हिसावले पनि आइतवार बिदा आवश्यक छ। यसले कार्यसम्पादन पनि राम्रो गराउने अन्तर्राष्ट्रिय अभ्यासबाट पनि देखिएको छ। त्यसकार यो निर्णयबाट सरकार पछि हट्दैन्,’ मन्त्री पोखरेलले भने। 

उनले अहिले सरकारी निकायका साथै बैंक तथा वित्तीय संस्था र केही कर्पोरेट क्षेत्रमा समेत आइतबारको बिदा कार्यान्वयन भइरहेको उल्लेख गर्दैे निजी क्षेत्रमा पनि यो व्यवस्था कार्यान्वयनका लागि सरकारले पहल गर्ने बताए।

‘धेरैले बालबालिकाको बिदा हुँदा अप्ठेरो भयो भन्नुभएको छ। अब आइतबार बालबालिकालाई स्कुल पठाउने होइन, अभिभावकलाई छुट्टी दिने हो,’ उनले भने, ‘यसका लागि निजी क्षेत्रसँग पनि सरकारले अनुरोध र सहकार्य गर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad