कारोबार


दोहोरो अंकले बढ्यो सेयरबजार, राधी जलविद्युतको सर्वाधिक कारोबार

दोहोरो अंकले बढ्यो सेयरबजार, राधी जलविद्युतको सर्वाधिक कारोबार

नेपालखबर
जेठ ५, २०८२ सोमबार १५:२५, काठमाडौँ

साताको दोस्रो कारोबार दिन सेयरबजार दोहोरो अंकले बढेको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार परिसूचक नेप्से १९.३० अंकले बढेर २६२८.३६ विन्दुमा पुगेको हो। 

आइतबार घटे पनि सोमबार बढेको बजारमा कारोबार रकम भने बढ्न सकेन। पहिलो दिन साढे ८ अर्बको खरिदबिक्री भएको बजारमा दोस्रो दिन ७ अर्ब ३५ करोडको मात्र किनबेच भएको छ। 

१ करोड ६२ लाख कित्ता सेयर बिक्रीपछि यो परिमाणमा कारोबार भएको नेप्सेले उल्लेख गरेको छ। यसअनुसार १८५ धितोपत्रको मूल्य बढ्दा ६० वटाको घटेको र दुईवटाको यथामूल्यमा कारोबार भएको छ। 

आजको कारोबारमा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्तालाई प्रतिकित्ता ७१.५२ रुपैयाँ आम्दानी भएको छ। त्यसैगरी सिन्धु विकास बैंकको सेयर पनि ९.९९ प्रतिशत, ओम मेगाश्री फर्म्र्यास्युटिकल्सको सेयर पनि सोही दरमा बढेको छ। 

तेह्रथुम पावर कम्पनीको ९.९८ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ९.७९ प्रतिशत सेयर मूल्य बढेको छ। 

यस्तै विन नेपाल लघुवित्तको सेयरमा भने नकारात्मक सर्किट लाग्दा लगानीकर्ताले प्रतिकित्ता नै २७१.५६ रुपैयाँ गुमाएका छन्। यसबाहेक अन्य सेयरहरु अधिकतम ४.४० प्रतिशतसम्मले घटेका छन्। 

कारोबारतर्फ राधी जलविद्युत् कम्पनीको ५९ करोडको सेयर कारोबार भएको छ। त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको ५१ करोडको र हिमालयन रिइन्स्योरेन्सको ४१ करोड रुपैयाँको सेयर कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad