कारोबार


‘एडीबीको सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयन प्रभावकारी बनाउन आवश्यक’

‘एडीबीको सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयन प्रभावकारी बनाउन आवश्यक’

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १७:४५, काठमाडौँ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र एसियाली विकास बैंक वैकल्पिक कार्यकारी निर्देशक नुरुस्सदा मुहरर्मबीच भेटवार्ता भएको छ।

राष्ट्रिय योजना आयोगमा शुक्रबार भएको भेटमा एसियाली विकास बैंकका नेपाल प्रमुख आर्नो एम काउचोइज, एसियाली विकास बैंकका निर्देशकका सल्लाहकार जेसिका लिम र आयोगका सहसचिव खोमराज कोइराला सहितका पदाधिकरीको उपस्थिति रहेको थियो।

भेटमा आयोगका उपाध्यक्ष प्राडा अधिकारीले प्रमुख विकास साझेदारका रुपमा एडीबीले नेपालको विकास प्रयासमा गरेको महत्वपूर्ण सहयोगको प्रशंसा गर्दै नेपालको विकासका प्राथमिकता र आयोजनाको प्राथमिकीकरण गरी प्रभावकारी कार्यान्वयनको बारेमा धारणा राखेका थिए।

आयोगका सहसचिव कोइरालाले नेपालमा एडीबीको सहयोगमा संचालित आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने र नेपालको विकासका प्राथमिकतामा आधारित भएर सहयोग परिचालन गर्न जोड दिए।

उनीहरूबीच आगामी दिनमा द्विपक्षीय साझेदारीलाई थप मजबुत बनाउने  विषयमा समेत छलफल भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad