राजनीति


तीनकुने घटनाको प्रहरी प्रतिवेदन सरकारी वकिललाई बुझाइयो, १०८ जना प्रतिवादी

तीनकुने घटनाको प्रहरी प्रतिवेदन सरकारी वकिललाई बुझाइयो, १०८ जना प्रतिवादी

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १८:२, काठमाडौँ

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक घटनाको प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको छ। प्रहरीले १०८ जनालाई प्रतिवादी बनाउने रायसहितको प्रतिवेदन बुझाएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। 

उनीहरूमाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग, राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराधको मुद्दा चलाउन प्रहरीको राय छ।

यस घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंसहितलाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले बुझाएको हो।   

चैत १५ गते राजावादीको प्रदर्शन हिंसात्मक बन्दा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो। साथै तीनकुने क्षेत्रका भवन तथा  जडीबुटी उद्योगमा पनि आगजनी भएको थियो। त्यस्तै थुप्रै निजी सवारी तथा सम्पत्तिमा पनि तोडफोड र आगजनी गरिएको थियो। 

मिश्र र राणालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो भने प्रसाईं भने भागेर भारत पुगेका थिए। प्रहरीले भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा उनलाई पक्राउ गरी नेपाल ल्याएको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad