कारोबार


नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सन् २०२६ को १ जनवरीदेखि सञ्चालन गर्ने तयारी

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सन् २०२६ को १ जनवरीदेखि सञ्चालन गर्ने तयारी

नेपालखबर
जेठ ११, २०८२ आइतबार १८:६, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गरेका छन्।

आइतबार मन्त्रालयका सचिवसहितका उच्चस्तरीय अधिकारीसँगै मन्त्री दाहालले निर्मार्णाधिन सुरुङमार्गको अनुगमन तथा निरीक्षण गरेका हुन्।

सो अवसरका सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग नेपालको गौरवको विषय भएको बताए। 

उनले लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने तयारीमा रहेको सुरुङमार्गको सब–अपरेसनको काम अगामी कात्तिक ७ गतेदेखि सुरु गरिने उल्लेख गरे। मन्त्री दाहालले अगामी वर्ष सन् २०२६ को जनवरी १ देखि सुरुङमार्गलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिए।

मन्त्री दाहालले भने, ‘हामी अगामी कात्तिक ७ गतेदेखि सामान्य सब–अपरेशनको काम चाहीँ शुरु गर्छौं। सिभिल वर्क अक्टोवर २५ मा सकिन्छ। त्यो काम सकिएपछि हामीलाई हस्तान्तरण हुन्छ। यसलाई पूर्णरुपमा अगामी वर्षको जनवरी १ देखि सुरु गर्ने भनेका छौँ। तर त्यसअघि नै हामीले सुरुङमार्ग सञ्चालनको लागि डेमो जस्तो गरेर यसलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनका लागि कामहरू गर्छौं।’

नेपालको सुरुङ युगको सुरुवात नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गबाट गरिने मन्त्री दाहालको दाबी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad