नेपालमा कुल जडित विद्युत् क्षमता ३६ सय २ मेगावाट पुगेको छ।
चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारले नेपालमा विद्युतको पहुँच ९९ प्रतिशत पुगेको बताएका हुन्।
नेपालमा विद्युतको पहुँच कति छ भन्ने विषयमा विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले फरक तथ्यांक प्रस्तुत गरेका थिए।
कुलमानले ९९ प्रतिशत विद्युत् पहुँच पुगेको बताए पनि पालिकाको आधारमा ९५ प्रतिशत जनसंख्यामा पुगेको उल्लेख गरेका थिए।
अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक ऊर्जासहित ९९ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको उल्लेख गरेका छन्।
558
Shares

प्रतिक्रिया