कारोबार


पर्यटन बोर्डद्वारा पर्यटकहरूका लागि निःशुल्क शटल सेवा सञ्‍चालन

पर्यटन बोर्डद्वारा पर्यटकहरूका लागि निःशुल्क शटल सेवा सञ्‍चालन

नेपालखबर
जेठ १९, २०८२ सोमबार १७:४१, काठमाडौँ

नेपाल पर्यटन बोर्डले पर्यटकहरुको सहजताका लागि निःशुल्क शटल बस सेवा सञ्चालनमा ल्याएको छ। 

देशका विभिन्‍न स्थानमा देखिएको सार्वजनिक सवारीसाधन अवरोध, हड्ताल र यातायात सेवा अवरुद्ध भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिरदेखि काठमाडौंका प्रमुख
होटलहरूसम्म आउने पर्यटकहरूलाई निःशुल्क यात्राको सुविधा उपलब्ध गराइएको हो।

पर्यटकहरूको आगमन सहज र स्वागतयोग्य बनाउने उद्देश्यले सुरु गरिएको यो सेवाबाट विमानस्थलको आगमन क्षेत्रमै नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरूले यात्रुहरूलाई जानकारी र सहयोग प्रदान गरिरहेका छन् ।

बोर्डले आगामी दिनहरूमा पनि यस्ता सहज, व्यवस्थित र पर्यटकमैत्री सेवाहरू थप विस्तार गर्दै जाने जनाएको छ । नेपाल पर्यटन बोर्डले यो पहल स्वदेश आउने पर्यटकलाई स्वागतजनक अनुभूति दिन र उनीहरूको पहिलो यात्रालाई सहज बनाउनका लागि सुरु गरेको बताइएको छ।

पर्यटनले प्रत्यक्ष-अप्रत्यक्षरूपमा हजारौँ श्रमिकहरूको रोजगारी सुनिश्चित गरेको छ, जसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad