कारोबार


महाप्रसाद अधिकारीको हस्ताक्षरयुक्त १० रुपैयाँको नोट बजारमा, के छन् विशेषता?

महाप्रसाद अधिकारीको हस्ताक्षरयुक्त १० रुपैयाँको नोट बजारमा, के छन् विशेषता?

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८२ मंगलबार १६:३८, काठमाडौँ

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको १० रुपैयाँ दरका नेपाली नोट बजारमा आएको छ। 

राष्ट्र बैंकको मुद्रा व्यवस्थापना विभागले सोमबारदेखि नयाँ नोट बजारमा आएको जानकारी दिएको छ। 

उक्त नोट साबिककै आकार र रंगमा संकेत नम्बर द३२ ०००००१ देखि प९४ ९९९९९९सम्म ‘नेपाल सरकारको जमानतप्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित चलनचल्तीमा आएको हो। 

यसको अगाडि भागमा नोटको बायाँतर्फ सगरमाथाको चित्र छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप छ। नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ। तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा वि.सं. २०८१’ लेखिएको राष्ट्र बैंकले उल्लेख गरेको छ। 

त्यसैगरी पछाडि भागमा नोटको मध्यभागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ। मध्यभागमा कृष्णसारको चित्र र तल्लो भागको बोर्डरमा अंग्रेजीमा ‘रुपिज टेन’ उल्लेख छ। यसबाहेक तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा ‘२०२४ एडी’ लेखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad