कारोबार


तीनदिने नेपाल म्याङ्गो फेस्ट हुँदै, आँपको बजारीकरण र प्रवर्द्धन गर्ने लक्ष्य

तीनदिने नेपाल म्याङ्गो फेस्ट हुँदै, आँपको बजारीकरण र प्रवर्द्धन गर्ने लक्ष्य

नेपालखबर
असार १२, २०८२ बिहिबार १२:२५, काठमाडौँ

नेपालको आँपको बजारीकरण र प्रवर्द्धनका लागि तीनदिने नेपाल म्याङ्गो फेस्ट– २०२५ हुँदै छ।

फेस्टिभलमा नेपाली स्वाद, रङ र आप संस्कृतिको अनुपम संगम अनुभव गर्न सकिने आयोजकले जनाएको छ। 

तराई मधेशमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृंखला प्रवर्द्धन गर्नका लागि आयोजित यो विशेष उत्सवको औपचारिक उद्घाटन कार्यक्रम यही असार १३ गते दिउँसो १ बजे हुँदै छ। वालनट बिस्ट्रो, लाजिम्पाट, काठमाडौंमा आयोजना हुने उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

यस उत्सवको आयोजना काठमाडौं अर्गानिक्स, एग्रि नेपाल, अर्थियर एप र यूबी होल्डिड्स को सहकार्यमा गरिएको हो। फेस्टिभलको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकहरूको मूल्य शृंखला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको बताइएको छ। 

कार्यक्रममा १० भन्दा बढी प्रजातिका आँप, प्रत्यक्ष किसानबाट माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया किनमेल गर्न मिल्ने, २० भन्दा बढी आँप समावेश गरिएका परिकारहरु रहेका छन्।

३ दिनसम्म चल्ने म्याङ्गो फेस्टिभल लाजिम्पाटको वाल्नट बिस्ट्रो, स्वयम्भूको एचटुओ क्याफे र झम्सिखेलको वाटरिङ होलमा हुनेछ। यी तीनवटै रेस्टुरेन्टहरुले विशेष म्याङ्गो मेनुहरू र रेसिपीहरू प्रस्तुत गर्दै फेस्टिभललाई भव्य बनाउने तयारी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad