कारोबार


नेपालमा सामसङ ‘ग्यालेक्सी बड्स कोर’ सार्वजनिक, यस्ता छन् विशेषता

नेपालमा सामसङ ‘ग्यालेक्सी बड्स कोर’ सार्वजनिक, यस्ता छन् विशेषता

नेपालखबर
असार १६, २०८२ सोमबार १९:३९, काठमाडौँ

नेपालको अग्रणी प्रविधि ब्रान्ड सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन, ‘ग्यालेक्सी बड्स कोर’ नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ।

कम्पनीका अनुसार जुलाई १ देखि उपलब्ध हुने छन्।

यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएका छन्, जसले प्रिमियम फिचरहरू जस्तै उत्क्रृष्ट साउन्ड र एक्टिभ न्वाइज क्यान्सिलेसन दिन्छ।

ग्यालेक्सी एआईको इन्टरप्रिटर मात्र रु ७ हजार ३९९ रुपैयाँको किफायती मूल्यमा उपलब्ध गराएको कम्पनीले जनाएको छ।

कालो र सेतो रंगमा उपलब्ध ‘ग्यालेक्सी बड्स कोर’ नेपालभर सामसङका आधिकारिक बिक्रेताहरू बाट बिक्री हुनेछ।

‘ग्यालेक्सी बड्स कोर’ले डायनामिक ड्राइभरहरूको प्रयोग गरी डीप इमर्सिभ साउन्ड तथा शक्तिशाली बास प्रदान गर्दछ।

एएनसी र कल न्वाइज रिडक्सनको साथमा, प्रयोगकर्ताहरूले धेरै हल्ला भएको ठाउँमा पनि स्पष्ट सँग कुरा गर्न सक्छन्। तीनवटा माइक प्रणालीले उत्कृष्ट भोकल स्पष्टता सुनिश्चित गर्छ, जसले यी इयरबड्सलाई फोन कल, संगीत, वा मिटिङका लागि एक्दम उपयुक्त बनाउँछ।

प्रत्येक इयरबडमा सुरक्षित र सहज विङटिप्स छन्, जसले कठिन गतिविधिहरूको क्रममा पनि आरामदायी महसुस गराउँछ।

यसको प्रमुख फिचरहरू मध्ये एक हो ग्यालेक्सी एआई इन्टरप्रिटर, जसले आमने सामने कुराकानीको क्रममा दुईतर्फी रियल-टाइम अनुवाद प्रदान गर्छ। तपाईं आफ्नै भाषामा बोल्नुहोस्, र इयरबड्सले त्यसलाई तुरुन्तै अनुवादित उत्तर प्रदान गर्नेछ।

कम्पनीका अनुसार संगीत, कल, र भ्वाइस असिस्टेन्टका लागि टच कन्ट्रोल, उपकरणहरूबीच सजिलै स्विच गर्नको लागि अटो स्विच र मल्टि-डिभाइस कनेक्टिभिटी, सामसङ फाइन्ड एप मार्फत फाइन्ड माई इयरबड्स, आईपी ५४ रेटिंगका साथ पानी र धुलो प्रतिरोधी, स्थिर र छिटो कनेक्टिभिटीको लागि ब्लुटुथ ५.४, चार्जिङ केससहित ३५ घण्टासम्मको ब्याट्री लाईफ (एएनसीको साथमा २० घण्टा) जस्ता विशेषता रहेका छन्।

‘ग्यालेक्सी बड्स कोर’ले दैनिक उपयोगिता र नवीनताको मिश्रण गर्दै, उच्चतम् विशेषताहरूलाई किफायती मूल्यमा उपलब्ध गराउँछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad