सेयरबजार यो साता निरन्तर बढेको छ।
बजार परिसूचक नेप्से बुधबार पनि बढेको हो। यो साताभर बजार बढेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार ३४.४२ अंकले बढेको नेप्से २६९४.८२ विन्दुमा पुगेको छ।
यस दिन कारोबारमा पनि सुधार भएको छ। ३ करोड कित्ता बिक्रीमा ९ अर्ब ७४ करोडको कारोबार भएको हो।
योसँगै १८२ वटा सेयरको मूल्य बढ्दा ६५ वटाको घटेको र एउटाको अघिल्लो मूल्यमै कारोबार भएको नेप्सेले जनाएको छ।
ग्रिन डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रोपावर, नेपाल इन्स्योरेन्स कम्पनी, गुराँस लघुवित्त, सिन्धु विकास बैंकको सेयर धेरै दरले बढेको छ। यी कम्पनीहरुको क्रमशः ९.९९, ९.९९, ९.८२, ९.१५ र ८.९२ प्रतिशतले मूल्य बढेको छ।
आज गिरावटतर्फ भने अधिकतम ३.७३ प्रतिशतसम्मले मूल्य घटेको छ। यसरी घट्नेमा आईसीएफसी फाइनान्सको डिबेन्चर, विन नेपाल लघुवित्त, युनिभर्सल पावर कम्पनीलगायतका सेयर छन्।
बुधबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५५ करोड, साहस ऊर्जाको ४९ करोड, सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया