कारोबार


सबैजसो विदेशी मुद्रा सस्तिए

सबैजसो विदेशी मुद्रा सस्तिए

नेपालखबर
असार २०, २०८२ शुक्रबार ५:१५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ ८० पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा  थियो। 

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो एकको खरिददर १६० रुपैयाँ ६३ र बिक्रीदर १६१ रुपैयाँ ३४ पैसा छ। हिजो युरो एकको खरिददर १६० रुपैयाँ ९५ र बिक्रीदर १६१ रुपैयाँ ६६ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ०४ र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ५३ र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा थियो। 

त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९० रुपैयाँ छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९० रुपैयाँ २४ पैसा थियो। 

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३० पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४५० रुपैयाँ २८ पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८९ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५७ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad