कारोबार


काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाखको बजेट (पूर्णपाठ)

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाखको बजेट (पूर्णपाठ)

नेपालखबर
असार २९, २०८२ आइतबार १६:८, काठमाडौँ

काठमाडौँ महानगरपालिकाकी उपप्मुख सुनिता डंगोलले नगर सभाको १७औंअधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छिन्। 

उनले आगामी आर्थिक वर्ष २०८२/८३ को लागी २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन्।

महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाको बजेट पारित गरेको थियो।

‘आगामी आर्थिक वर्षको लागि सन्चित कोषमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने देखिएको छ । जसमध्ये काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ’, उनले भनिन्, ‘नेपाल सरकार तथा प्रदेश सरकारवाट सशर्त, समानीकरण, राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँको स्रोत सुनिश्चित भएको छ।’

काठमाडौं महानगरपालिकाले आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत अर्थात ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरेको छ भने सामाजिक विकासमा २० प्रतिशत अर्थात् ५ अर्ब २ करोड २८ लाख ६८ हजार रुपैयाँ प्रस्ताव गरेको छ।

‘पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ छ भने सुशासन तथा अन्तर्सम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात् ३ अर्ब १ करोड ३७ लाख २१ हजार प्रस्ताव गरिएको छ’, उनले भनिन्, ‘कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत अर्थात् ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैया प्रस्ताव गरिएको छ।’ 
 
आगामी आर्थिक वर्षमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरुलाई उच्च प्रथामिकतामा राखिएको उनले जानकारी दिइन्।

‘फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार,सुशासन प्रवर्द्धन, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमतावृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवर्द्धन गरी रोजगारी र आयवृद्धि गर्ने कार्यक्रमहरुलाई समेत उच्च प्राथामिकतामा राखिएको छ’, उनले भनिन्, ‘यसैगरी काठमाडौ महानगरपालिका क्षेत्रभित्रको ध्वनि प्रदूषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगरक्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक,महत्व वोकेका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, वहाः वही, ननीलगायतका सम्पदास्थलहरुको संरक्षण र प्रवर्द्धनमा समेत यथेष्ठ बजेट व्यवस्थापन गरिएको छ।’

उनले अगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति कार्यक्रम तथा वजेट पेश गर्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐनमा भएको समयसिमा भन्दा हामी केही ढिला भएका भन्दै विगतका दिनहरुमा केही मनमुटावले असल गरेको पनि उल्लेख गरिन्।

‘हामीबीच केही अविश्वास, केही तिता–मिठा अनुभव प्रस्तुत भए, आरोप प्रत्यारोप पनि भए सबै कुरा मन्थन भयो। समस्याहसमाधान पनि भए र आज हामी फेरी एक ढिक्का भएर यस गरिमामय सभामा उपस्थित भएका छौँ’, उनले भनिन्, ‘समयमै अगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सभामा पेश गर्न नसकेकोमा मेरो व्यक्तिगत तर्फबाट र सबै नगरसभा सदस्यहरुको तर्फबाट महानगरवासी र सरोकारवाला निकाय समक्ष क्षमा याचना व्यक्त गर्दछौँ।’ 

उनले ढिलै भए पनि अगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम ल्याउन सबैले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जनप्रतिनिधि, कर्मचारी सबैलाई धन्यवाद दिइन्।

‘हाम्रो सहयात्रा ३ वर्ष पुगिसकेको छ । जनताको अपेक्षाहरु धेरै छन्, अबका दिनमा हामी महानगरवासीलाई आफ्नो सामर्थ्यले भ्याउनेसम्मको काम गर्ने प्रण यसै सभामार्फत गर्न चाहन्छु’, उनले बजेट भाषणका क्रममा भनिन्, ‘जसलाई पूरा गर्न आपसमा सहमति, समन्वय र सहअस्तित्वको भावनासहित सहकार्य गरेमा जनताको इच्छा पूरा गर्न सहज हुन्छ भन्ने मैले विश्वास लिएकी छु।’

उनले आफूहकाठमाडौंको विकास गर्न आएका निर्वाचित जनप्रतिनिधि भएको भन्दै काठमाडौंको मुहार परिवर्तन गर्न अन्य निकाय र सरोकारवाला निकायहबीच परस्पर सहकार्य र समन्वयमा कामहअगाडि वढाउन चाहेको पनि उल्लेख गरिन्।

‘यसका लागि हामीले संघ र प्रदेश सरकारसँग सधै सहकार्यको अपेक्षा राखेका छौँ’, उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad