कारोबार


सेबोनको नीति तथा कार्यक्रममा नयाँ स्टक एक्सचेन्जलाई पनि आईपीओ निष्काशन गर्न दिने व्यवस्था

सेबोनको नीति तथा कार्यक्रममा नयाँ स्टक एक्सचेन्जलाई पनि आईपीओ निष्काशन गर्न दिने व्यवस्था

नेपालखबर
साउन ७, २०८२ बुधबार १२:४८, काठमाडौँ

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बजार सञ्चालकलाई प्राथमिक सेयर (आईपीओ) निष्काशनको व्यवस्था गर्ने योजना सार्वजनिक गरेका छन्।

श्रेष्ठले चालू आर्थिक वर्षको बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै धितोपत्र बजार सञ्चालन नियमावलीमा संशोधन गरेर धितोपत्र बजार सञ्चालकको चुक्ता पुँजीमा एकरुपता कायम गर्ने तथा प्राथामिक निष्काशने व्यवस्था समेत गर्ने उल्लेख गरेको हो। 

हाल धितोपत्र बजार सञ्चालकको रुपमा नेपाल स्टक एक्सचेन्जमात्रै छ। नेप्सेले पनि सेयर संरचना गरेर निजी साझेदार भित्र्याउने र प्राथमिक सेयर निष्काशन गर्ने योजना अगाडि सारिरहेको बेला अध्यक्ष श्रेष्ठले नयाँ आउने स्टक एक्सचेन्जले पनि बजार सञ्चालकले आईपीओ निष्काशन गर्न पाउने व्यवस्था गर्न लागेका हुन्। 

योबाहेक धितोपत्र बजार, धितोपत्र केन्द्रीय निक्षेप कम्पनी तथा वस्तु विनिमय बजारका विनियमावली,२०६७, विशिष्टीकृत लगानी कोष नियमावली २०७५ र सामूहिक लगानी कोष निर्देशिका, २०६९ लाई संशोधन गर्ने योजना बनाएको छ। 

उनले धितोपत्र बजारमा देखिएका चुनौतीलाई सम्बोधन गर्न छुट्टाछुट्टै कानी व्यवस्था हुने गरी वस्तु विनिमय बजारसम्बन्धी ऐनको मस्यौदा तयार गर्ने, गैरआवासीय नेपाली नागरिकताको आधारमा सहज रुपमा धितोपत्र कारोबार गर्न पाउने, बोर्डको कामकारबाही चुस्त बनाउन चार वर्षे रणनीति योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने, ब्रोकर कम्पनीहरुमा कम्तीमा १५ प्रतिशतले स्थलगत अनुगमन गर्ने लगायतका योजनालाई बोर्डले वर्ष दिनभित्र अगाडि बढाउने गरी नीति तथा कार्यक्रमम राखेको हो।

बोर्डले आफ्नो नीति तथा कार्यक्रममा नेप्से र सीडीएससीको सेयर पुनर्संरचनामा सहजीकरण गर्ने समेत उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad