कारोबार


कोरोना भाइरस संक्रमितको पहिचान गर्न एनसेलले सुरु गर्‍यो सर्वेक्षण

कोरोना भाइरस संक्रमितको पहिचान गर्न एनसेलले सुरु गर्‍यो सर्वेक्षण

नेपालखबर
बैशाख ३, २०७७ बुधबार १६:२५,

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोना भाइरस संक्रमितहरुको पहिचानमा सहयोग गर्ने भएको छ।

एनसेलले संक्रमितको पहिचान गर्न बुधवारदेखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण सुरु गरेको हो ।

यो सर्वेक्षणम ाएनसेलका ग्राहक÷सर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स १७१०० ह्यासडायल गरी कोरोनाभाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थिती अनुसार १ वा २ विकल्प छानेर दिन सक्छन् ।

प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भागलिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझाव सहित सरकारले तोकेको हेल्पलाइन नम्बरहरु र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ उल्लेख भएको एसएमएस प्राप्त हुने एनसेलले जनाएको छ। हटलाइन नम्बरमा कोरोनाभाइरस सम्बन्धि चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिन्छ ।

यदि सर्वेक्षणमा भाग लिएको कोही संक्रमणमा परेको शंकाको वर्गमा देखिए तत्काल स्वास्थ्य परामर्शका लागि एसएमएस मार्फत सुझाव दिइन्छ । यसरी संक्रमणको शंकामा परेकाहरुको विवरण सरकारको सीसीएमसीलाई पनि बुझाइन्छ।

सर्वेक्षणमा भाग लिनुपुर्व नै यस सर्वेक्षणको उद्देश्य नेपाल सरकारलाई कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने रहेको सुचित गरिन्छ ।

‘हाम्रो पुर्वाधार र प्लेटफर्म प्रयोग गर्दै ग्राहक माझ ल्याइएको यो सर्वेक्षणले ग्राहकलाई आफूमाा कोरोना भाइरसको जोखिमभए÷नभएको आफै थाहा पाउन मद्दत गर्नेछ,’ एनसेलका प्रमुखकार्यकारी अधिकृत एण्डी चोङ्गले भने, ‘सरकारलाई यस डाटाले कोरोनाभाइरस संक्रमण रोकथामतथा नियन्त्रणमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौं।’

सीसीएमसीसँग यो सर्वेक्षणको लागि गरिएको सहकार्यसँगै, एनसेल नेटवर्कभित्र रहेका हाम्रा सम्पुर्ण ग्राहकले यस सर्वेक्षणमा भागलिई आफुमा कोरोनाभाइरस संक्रमणको जोखिमभए÷नभएकोे थाहापाउन सक्नेछन् ।

पहिला पाइलट सर्वेक्षणका रुपमा एनसेलले जनकपुरमा यो सर्वेक्षण गरी चैत्र २१ मापुर्व तथा सूदुरपश्चिममा पनि शुरु गरेको थियो।

यहि सर्वेक्षणका आधारमा प्रत्येक उत्तरदातालाई उसकोे स्वास्थ्यअवस्थाअनुसार अपनाउन पर्ने उपयुक्त सल्लाहसहितको एसएमएस पठाइएको थियो र निःशुल्क रुपमा सरकारको हेल्पलाइन र एनसेलको हटलाइनबाट डाक्टरसँग कोरोना भाइरस सम्बन्धि परामर्शलिन सकिने बारे जानकारी गराइएको थियो ।

विपद् प्रतिकार्य अन्तर्गत एनसेलले सरकारको तथा आफ्नो हेल्पलाइनको नम्बरहरुमा निःशुल्क कल गर्न सकिने बनाइसकेको छ ।

कोरोना भाइरस संक्रमणको रोकथामको लागि एनसेलले सरकारकोे कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोषमा रु १० करोड योगदान पनि गरिसकेको छ ।

यो सहयोगले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागिअत्यावश्यकव्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .