कारोबार


इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक यातायात महासंघको आह्वान

जबरजस्ती गर्न खोजे आन्दोलन गर्ने चेतावनी
इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक यातायात महासंघको आह्वान

नेपालखबर
भदौ ९, २०८२ सोमबार २०:५०, काठमाडौँ

सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान गरेको छ।

सोमबार विज्ञप्ति प्रकाशित गरी महासंघले सार्वजनिक यातायातमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान गरेको हो।

महासंघका महासचिव भरत नेपालद्वारा जारी विज्ञप्तिमा बिना पूर्वाधार विदेशी प्रविधि भित्र्याएर नागरिक र यातायात व्यवसायीमाथि अनावश्यक आर्थिक भार थपेको आरोप लगाइएको छ।

‘सरकार, प्रत्यक्ष सरोकारहरू पक्षहरूबीचको छलफल संंवादबीच देखिएका अव्यवहारिक विषयहरूको संशोधन सुधारबिना सार्वजनिक, पर्यटन र ढुवानी, निजी प्राइभेट सम्पूर्ण यातायात क्षेत्रको तर्फबाट सो इम्बोस्ड नम्बर प्लेट जडान नगर्नु हुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

जबरजस्ती इम्बोस्ड नम्बर प्लेट जडान गराउन खोजिए आन्दोलन गर्ने महासंघले जनाएको छ।

यस्तै, इम्बोस्ड नम्बर प्लेट जडान गर्दा नेपालीको व्यक्तिगत विवरण विदेशी कम्पनीको नियन्त्रणमा हुँदा राष्ट्रको सुरक्षामा खतरा उत्पन्न हुने महासंघको भनाइ छ।

सरकारले असोज १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेपछि सवारी धनीहरूले सास्ती खेपिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad