कारोबार


नेपालले चाँडै अन्तर्राष्ट्रिय खानी सम्मेलन गर्दैछ : उद्योगमन्त्री भण्डारी

नेपालले चाँडै अन्तर्राष्ट्रिय खानी सम्मेलन गर्दैछ : उद्योगमन्त्री भण्डारी

नेपालखबर
भदौ १२, २०८२ बिहिबार १४:४२, काठमाडौँ

उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले नेपालले चाँडै अन्तर्राष्ट्रिय खानी सम्मेलन आयोजना गर्ने बताएका छन्।

बिहीबार मन्त्रालयमा भएको सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम उनले नेपालमा लगानीको सम्भावना सबैभन्दा बढी खानीमा देखिएको बताए।

संसारभरीका सबैभन्दा उत्कृष्ट खानीका सम्भावना भएको र त्यसको उत्पादन गरिरहेका मुलुकहरुलाई आमन्त्रण गरेर खानी सम्मेलन गर्ने भण्डारीले बताए।

‘व्यापार र उद्योग एकअर्काका परिपुरक छन्, बजार भएन भने उद्योग नै चल्दैन, त्यसकारणले व्यापार जरुरी छ,’ उनले भने, ‘त्यो व्यपारको लागि हाम्रा सम्भावना कहाँ हुन् त सबैभन्दा भन्दाखेरी खानी खनिज। नेपालमा अब हामी अन्तर्राष्ट्रियस्तरको खानी सम्मेलन गर्दैछौँ। हामी संसारभरीका सबैभन्दा उत्कृष्ट खानीका सम्भावना भएका, त्यसको उत्पादन भएका मुलुकहरुलाई आमन्त्रण गर्दैछौँ। चीन, भारत, अस्ट्रेलिया, अमेरिका लगायत अरु थुप्रै जहाँ खानीका नयाँ प्रविधिबाट खानीमा उहाँहरुले सफलता प्राप्त गर्नुभएको छ। त्यहाँको प्राविधिक हिसाबले सफल भएका छन्। ती खानीका विज्ञहरुलाई, त्यहाँको प्रविधिहरुलाई हामी चाँडै उद्योग, वाणिज्य आपूर्ती मन्त्रालयले अन्तर्राष्ट्रिय खानी सम्मेलनको आयोजना गरेर हामी बोलाउने छौँ।’

भण्डारीले नेपालमा वस्तु आयात गर्दा एनएस अनिवार्य गर्ने पनिबताए। गुणस्तर परीक्षण गरेर मात्रै अब नेपालमा वस्तस आयात हुने उनको भनाई छ। पछिल्लो समय व्यापार द्वन्द्व चलिरहेकोको उल्लेख गर्दै यसले नेपालका लागि ठूलो अवसर दिएको पनि भण्डारीले उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad