सेयरबजारमा १९.८९ अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक नेप्से उक्त अंकले घटेर २७४१.९७ विन्दुमा झरेको हो।
यस दिन कारोबार रकम पनि घटेको छ। ४ अर्ब ४३ करोडको सेयर किनबेच हुँदा २९ वटाको मूल्य बढेको छ र २२१ वटाको घटेको छ।
आज हिमस्टार ऊर्जा कम्पनीको ९.९८ प्रतिशतले सेयर बढे पनि बाँकी सेयरहरु अधिकतम ४.४४ प्रतिशतसम्मले बढेका छन्। उन्नति सहकार्य ७.४७ प्रतिशत र दोर्दी खोला हाइड्रो ७.३२ प्रतिशतले घटेका छन्।
कारोबारमा आज पनि नेपाल पुनर्बीमा कम्पनी छ। कम्पनीको २२ करोडको सेयर कारोबार भएको हो। यसबाहेक हिमालयन रिइन्स्योरेन्सको २० करोडको कारोबार भएको छ।
75
Shares

प्रतिक्रिया