सेयरबजारमा आज ४ अर्ब ७२ करोडको किनबेच भएको छ।
कुल १ करोड १३ लाख कित्ता बिक्रीमा यो कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
यस दिन सूचक भने १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा झरेको छ। बुधबार ३९ वटा सेयरको मूल्य बढ्दा २१३ वटाको मूल्य घटेको छ।
आज हिमस्टार ऊर्जा कम्पनीको ९.९९ प्रतिशत र युनियन हाइड्रोपावरको ७.०३ प्रतिशतले बढेको छ। बाँकी सेयरहरु अधिकतम ३.२७ प्रतिशतसम्म मात्र बढेका छन्।
त्यसैगरी लिबर्टी इनर्जी र छ्याङ्दी हाइड्रोपावरको ६ प्रतिशत बढीले घट्दा बाँकी सेयरहरु अधिकतम ३.८९ प्रतिशतसम्मले झरेका छन्।
कारोबारको हिसाबमा युनियन हाइड्रो ३३ करोडसहित अगाडि रहँदा लिबर्टी इनर्जीको २७ करोड, नेपाल पुनर्बीमाको २६ करोड र हिमालयन रि इन्स्योरेन्सको २४ करोडको कारोबार भएको छ।
57
Shares

प्रतिक्रिया