कारोबार


कनेक्टआईपीएसले ल्यायो ‘शुभ लाभ अफर’

कनेक्टआईपीएसले ल्यायो ‘शुभ लाभ अफर’

नेपालखबर
भदौ २२, २०८२ आइतबार १८:४९, काठमाडौँ

कनेक्टआईपीएसले चाडपर्वलाई लक्षित गर्दै फ्लाइट तथा बस टिकटको भुक्तानीमा “शुभ लाभ अफर” सार्वजनिक गरेको छ।

यसअन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस सेवाको टिकटको भुक्तानी कनेक्टआईपीएसमार्फत गर्दा आइतबारदेखि असोज १८ गतेसम्म आकर्षक क्यासब्याक तथा छुट पाउन सकिनेछ। 

क्यासब्याक अफर बुद्ध एयर प्रा.लि, श्री एयरलाइन्स प्रा.लि., यति एयरलाइन्स प्रा.लि. र बस सेवा ट्राभल एण्ड टुरको टिकट भुक्तानीमा उपलब्ध रहेको जनाइएको छ। 

बुद्ध एयरको फ्लाइट खरिद गरेर कनेक्टआइपीएसबाट भुक्तानी गर्दा ग्राहकहरुले १०१ रुपैयाँ क्यासब्याकका साथै ५ लक्की जोडीलाई माउन्टेन फ्लाइट जित्ने मौका पाउन सक्नेछन्। त्यस्तै श्री एयरलाइन्सको फ्लाइट टिकटको भुक्तानी कनेक्टआइपीएसबाट गर्दा ५०१ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिन्छ। 

साथै यति एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा ‘वाईटीसीआईपीएस३००’ प्रोमो कोड प्रयोग गरेर रु ३०० एयरलाइन्सको छुटसँगै १० लक्की जोडीले माउन्टेन फ्लाईट जित्ने मौका प्राप्त गर्न सक्नेछन्। त्यस्तै बस सेवाबाट टिकट काटेर कनेक्टआइपीएस मार्फत भुक्तानी गर्ने पहिलो १००० ग्राहकहरुले रु ५१ क्यासब्याक प्राप्त गर्नेछन्। यी अफरहरुमा प्रति बैंक खातामा एक पटक मात्र क्यासब्याक प्राप्त हुनेछ। 

कनेक्टआईपीएस बैंकका ग्राहकहरुका लागि फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ति एक प्रमुख तथा सजिलो माध्यम हो। कनेक्टआईपीएसको नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्थाहरु रहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad