कारोबार


इन्टरनेसनल कार्ड नेटवर्कबाट सुरु भयो राजस्व भुक्तानी, नेपाल आउने पर्यटकलाई राहत

इन्टरनेसनल कार्ड नेटवर्कबाट सुरु भयो राजस्व भुक्तानी, नेपाल आउने पर्यटकलाई राहत

फाइल तस्बिर


नेपालखबर
असोज २, २०८२ बिहिबार १५:२५, काठमाडौँ

नेपालको राजस्व व्यवस्थाप सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तराबद्धताको शुभारम्भ गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। 

अर्थमन्त्री रामेश्वर खनाल र एकनारायण अर्यालले इन्टरनेशनल कार्ड नेटवर्कबाट राजस्व भुक्तानी प्रणाली सुरु गरेका हुन्। 

योसँगै विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकको लागि राजस्व भुक्तानी प्रक्रियाले सेवा प्रवाहलाई डिजिटल बनाउनुका साथै चौबीसै घण्टा सातै दिन सेवा प्रवाह सुनिश्चित हुनुका साथै राजस्व संकलन द्रुत, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुने विश्वास गरिएको छ। 

यसले डिजिटल अर्थतन्त्रको प्रवर्द्धनमा टेवा पुग्ने सरकारको अपेक्षा छ। 

यो भुक्तानी प्रणालीबाट मास्टर कार्ड, भिसा कार्ड, अलिपेलगायतका इन्टरनेशनल कार्ड नेटवर्कमा आबद्ध कार्डहरुमार्फत अध्यागमन विभागले निर्धारण गरेका सेवा प्राप्त हुनेछ। 

यसले त्रिभुवन विमानस्थललगायतबाट प्रवेश गर्ने पर्यटकहरुले सहजै सेवा लिन सक्नेछन्। 

यो सेवा हाललाई अध्यागमन विभाग र अन्तर्गतका निकायबाट प्रवाह हुने अध्यागमनसम्बन्धी राजस्व भुक्तानीमा सुरुवात भए पनि आगामी दिनमा सरकारका अन्य निकायमा पनि विस्तारै हुँदै जाने बताइएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad