कारोबार


गुणस्तरीय शैक्षिक गन्तव्य खोज्नेका लागि काठमाडौंमा खुल्यो युनिकनेक्ट ग्लोबल

गुणस्तरीय शैक्षिक गन्तव्य खोज्नेका लागि काठमाडौंमा खुल्यो युनिकनेक्ट ग्लोबल

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १७:२७, काठमाडौँ

युनिकनेक्ट ग्लोबल स्टडी पार्टनर बिहीबारदेखि काठमाडौंमा सञ्चालनमा आएको छ।

अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई लक्षित गर्दै काठमाडौंको अनामनगरमा युनिकनेक्टले सेवा सुरु गरेको हो। 

युनिकनेक्टका संस्थापक एवं अनुभवी परार्मशदाता सृजित घिमिरेले बिहीबारबाटै काम सुरु भएको जानकारी दिए।

उनका अनुसार विदेश जाने विद्यार्थीहरूको चाहनाअनुरूप कम्पनीले सहुलियत शुल्कमै गुणस्तरीय अध्ययन हुने विश्वप्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्नेछ। जसबाट विद्यार्थीहरुले सहज रुपमा अध्ययनका लागि जान सक्ने उनको भनाइ छ।

मुख्य कार्यालय सञ्चालनमा ल्याउँदै आफूहरुले विद्यार्थीको चाहनाअनुसार गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वविद्यालयहरूमा अध्ययन सिफारिस गर्ने उनले बताए।

घिमिरेले भने, ‘हाम्रो उद्देश्य विद्यार्थीलाई जसरी पनि बाहिर पठाउने होइन। उनीहरूले चाहेको विषयमा गुणस्तरीय शिक्षाका लागि परामर्श दिने र सिफारिस गर्ने भन्ने हो।’

कम्पनीले युरोपका बेलायत, जर्मनी, आयरल्यान्डसहित नेपालीहरूको प्रमुख शैक्षिक गन्तव्य रहेको अस्ट्रेलिया, क्यानडा, अमेरिकालगायतका देशहरूको विश्वविद्यालयहरूमा पठनका लागि सहजीकरण गर्नेछ। 

युनिकनेक्ट पुतलीसडकबाट अनामनगर जाने बाटोमा रहेको मार्फाहाउसमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad