जेनजी प्रदर्शनमा भएको क्षतिउपर बिमा दाबी गर्नेहरुको संख्या बढेको छ।
बुधबारसम्म २ हजार ९८८ वटा बिमा दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। जसमा कुल २३ अर्ब ३९ करोड बराबरको दाबी माग गरिएको छ।
प्राधिकरणका अनुसार लघुसहित गरेर १८ वटा बिमा कम्पनीहरुले उक्त क्षतिको दायित्व वहन गर्नुपर्नेछ।
जेनजी प्रदर्शनबाट ठूला तथा साना व्यवसायसँगै सार्वजनिक र निजी सम्पत्तिहरुमा ठूलो क्षति पुगेको थियो। जसमा निजी क्षेत्रले बिमादाबी माग गरेको छ भने सरकारी क्षतिको एकीन विवरण समेत आइसकेको छैन।
निजी क्षेत्रले भने कुल ८० अर्बमाथिको क्षति आकलन गरे पनि बिमादाबी मागका लागि भने २३ अर्ब मात्रै परेको हो।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै दाबी सम्पत्ति बिमा शीर्षकमा परेको छ। यो शीर्षकमा १९ अर्बबराबरको ५ सय ९४ वटा दाबी पर्दा मोटर बिमामा ३ अर्ब ६५ करोड बराबरको २ हजार २०९ वटा दाबी परेको छ।
्
दाबी परेको आधारमा हेर्नेहो भने जेन जी प्रर्दशनले सबैभन्दा धेरै बागमती प्रदेशमा छ । देशैभरी कुल २३ अर्बमाथिको दाबी पर्दा बागमती प्रदेशमा मात्रै १८ अर्बमाथिको दाबी परेको हो ।
यस्तै गण्डकी प्रदेशमा १ अर्ब ७९ करोड बराबरको दाबी पर्दा कोशी प्रदेशमा २ अर्ब बराबरको दाबी परेको हो । यो बाहेक अन्य प्रदेशमा भने करोड भन्दा तलकै रकममा दाबी परेको छ।
Shares

प्रतिक्रिया