कारोबार


‘जेनजी आन्दोलनले धार्मिक पर्यटकको आगमन पनि घटायो’

‘जेनजी आन्दोलनले धार्मिक पर्यटकको आगमन पनि घटायो’

नेपालखबर
असोज १२, २०८२ आइतबार १३:१९, काठमाडौँ

नेपालको पर्यटकीय राजधानी पोखरास्थित पुम्दीकोट शिव मन्दिरमा पनि पर्यटकहरुको संख्या घटेको छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण सो मन्दिरमा पनि पर्यटक आउनेहरुको संख्या कम भएको हो। 

भारत लगायतका मुलुकहरुले पनि सुरक्षाका कारण नेपाल भ्रमणमा नजान भनेर निर्देशन दिएपछि अहिले धार्मिक पर्यटनस्थल सो मन्दिरमा पनि पर्यटकहरुको आगमन न्यून हुन गएको पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए।  

उनले सो आन्दोलनमा ठूलो धनजनको क्षति भएकाले पनि तत्कालका लागि पर्यटकहरुको आगमन बढ्नसक्ने अवस्था नरहेको स्पष्ट पारे। 

‘अवश्य पनि नेपालमा यत्रो दुर्घटना हुँदै गर्दा धार्मिक स्थलमा मात्रै नभएर सम्पर्ण पर्यटकीय स्थलमा ठूलो प्रभाव परिरहेको छ। तत्काल धार्मिक पर्यटकहरुलाई पनि आगमन नगर्नु भनेर भारतले पनि सूचना जारी गरेको छ। अन्यत्र राष्ट्रहरुले पनि यस्तो ठूलो जुन जनधनको क्षति नेपालमा भएको छ। यो प्रति अत्यन्तै दुःख व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘यसले प्रभाव चाहीँ पार्छ नै। अब कति लामो प्रभाव पार्छ भन्ने कुरा मात्रै थाहा छैन। तत्काल त धेरै प्रभाव परिसकेको छ। तर पनि पुम्दीकोटको अन्यको तुलनामा पर्यटकहरुको आउने क्रम त छ। तर पहिलो जस्तो जुन भीडभाड हुन्थ्यो, अहिले छैन, न्युन नै छ।’ 

अध्यक्ष बरालले पर्यटकहरुको आगमनका लागि आवश्यक वातावरण निर्माण गर्न प्रदर्शनको क्रममा ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माणमा जोड दिन पनि सरकारलाई सुझाव दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad