चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा सिद्धार्थ बैंकको खुद नाफा घटेको छ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले कुल ३२ करोड ४० लाख रुपैयाँ बराबरको खुद नाफा कमाएको हो।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस्तो नाफा ५ करोड ७९ लाख रुपैयाँले कम हो। गत वर्ष असोजसम्म बैंकले ३८ करोड २० लाख बराबरको नाफा गरेको थियो।
यस्तै यो अवधिमा बैंकले ५ अर्ब ३३ करोड ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष ५ अर्ब ८६ करोड आम्दानी गरेकोमा यस वर्ष घटेको हो।
त्यसो त ब्याज खर्च पनि यो वर्ष घटेको छ। गत वर्ष ३ अर्ब ७७ करोड बराबरको ब्याजमा खर्च गरेको बैंकले चालू आवको सोही अवधिमा ३ अर्ब १७ करोड बराबरको खर्च गरेको हो।
यसरी बैंकले पहिलो त्रैमासिकमा खुद ब्याज आम्दानी २ अर्ब १६ करोड गरेको छ। गत बर्षको पहिलो त्रैमासिकका तुलनामा यो वर्ष बैंकका सूचकहरु थप कमजोर बन्न पुग्दा खुद नाफामा असर देखिएको हो।
यो वर्ष बैंकको सञ्चालन नाफामा पनि कमी आएको छ। गत वर्षको पहिलो त्रैमासिकमा बैंकले ५३ करोड ९५ लाख थियो भने यो वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा घटेर ५० करोड ६० लाखमा आइपुगेको हो।
पहिलो त्रैमासिकमा बैंकले कर्जा नोक्सानी व्यवस्थापनका लागि १ अर्ब ३८ करोड रुपैयाँ छुट्याउनुपर्दा बैंकका नाफामा संकुचन देखिन पुगेको देखिन्छ। गत वर्ष सोही अवधिमा बैंकले गत वर्ष १ अर्ब ५ लाख राखेमा यो वर्ष कोषमा बढाएर रकम राखेको हो।
नाफा घटे पनि बैंकको खराबकर्जा दर भने नियन्त्रित नै छ। गत वर्ष पहिलो त्रैमासिकमा बैंकको खराब कर्जा दर ३.९१ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा घटेर खराब कर्जा दर ३.८० प्रतिशतमा आइपुगेको हो।
Shares

प्रतिक्रिया