हुलाकी राजमार्ग निर्देशनालयले चितवनको माडी ठोरी सडक खण्डमा पर्ने पातरी खाेलाको पुल निर्माण ठेक्का अन्त्य गरेको छ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जले आज सूचना जारी गर्दै पुन निर्माणको ठेक्का अन्त्य गरेको जानकारी दिएको हो।
पुल निर्माणको लागि पटकपटक म्याद थप गर्दा पनि काम नगरी निर्माण कार्य अलपत्र पारेकाले ठेक्का अन्त्य गरिएको सूचनामा उल्लेख छ।
यो पुल निर्माणको जिम्मा लोहनी एण्ड ब्रदर्स प्रालि, भरतपुरले लिएको थियो।

99
Shares

प्रतिक्रिया