कारोबार


मालपोत कार्यालय सिराहाका प्रमुखले एमाले महाधिवेशनको लागि ५१ हजार चन्दा दिएका हुन्?

मालपोत कार्यालय सिराहाका प्रमुखले एमाले महाधिवेशनको लागि ५१ हजार चन्दा दिएका हुन्?

नेपालखबर
मंसिर २५, २०८२ बिहिबार १३:३२, काठमाडौँ

मालपोत कार्यालय सिराहाका प्रमुख अरबिन्द कुमार चौधरीले आफूले एमालेको महाधिवेशनको लागि ५१ हजार रुपैयाँ चन्दा नदिएको दाबी गरेका छन्। 

चौधरीले एमालेको एघारौँ महाधिवेशनका लागि सिराहा एमालेलाई ५१ हजार रुपैयाँ चन्दा  दिएको भन्दै सहयोग रसिद विभिन्न माध्यमबाट सार्वजनिक भएपछि उनले त्यसको खण्डन गरेका हुन्। 

‘हिजो एमालेका केही मान्छे महाधिवेशनको लागि मसँग चन्दा माग्न आएका चाहीँ थिए,’ चौधरीले नेपालखबरसँग भने, ‘उनीहरूले मेरो टेबलमा रसिद छाडेका गएका हुन्। तर मैले चन्दा दिएको छैन। त्यो भ्रामक कुरा हो। मलाई बदनाम गर्न गरिएको प्रचार मात्रै हो यो।’

चौधरीले बिहीबार मालपोत कार्यालय सिराहाको नामबाट पनि त्यस्ताे प्रचारको खण्डन गरेका छन्। 

जसमा रसिदमा उल्लेख भएअनुसार आफूले चन्दा नदिएको र त्यो मालपोत कार्यालय सिराहालाई बदनाम गर्ने उद्देश्यले गरिएको प्रचार भएको उल्लेख छ। 

एमाले सिराहाका अध्यक्ष अशोक यादवले मालपोत कार्यालय सिराहाको नाममा काटिएको सहयोग रसिद आफूले पनि सामाजिक सञ्जालमा हेरेको बताए। 

‘त्यो रसिदमा छाप पनि छैन,’ यादवले नेपालखबरसँग भने, ‘हाम्रो टिमबाट कसैले मालपोत कार्यालयबाट सहयोग लिएको जानकारी पनि मलाई भएन। यस विषयमा म थप बुझ्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad