कारोबार


अमेरिकी डलरको मूल्यमा ‘रेकर्ड ब्रेक’

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ पनि उच्च दरमा वृद्धि
अमेरिकी डलरको मूल्यमा ‘रेकर्ड ब्रेक’

नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार ५:२२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि (विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलरको विनिमयदर बढेर हालसम्मकै सबैभन्दा महँगो बनेको छ। त्यसैगरि अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य आज उच्च दरमा बढेको छ। 

आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४४ रुपैयाँ ९० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा थियो। 

यही मंसिर १८ गते अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा पुगेको थियो। त्यसयताा घटेको अमेरिकी डलरको विनिमयदर आज फेरि हालसम्मकै सबैभन्दा महँगो बनेको हो।

त्यसैगरि आज युरो १ को खरिदर १६९ रुपैयाँ ०९पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा छ। हिजो युरो १ को खरिदर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ४८ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ १२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९२  पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ २० पैसा र बिक्रीदर १९२ रुपैयाँ थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ १० पैसा र बिक्रीदर ९६ रुपैयाँ ५० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८५ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ४० पैसा र बिक्रीदर ४७२ रुपैयाँ ३६ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ७२ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ३८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ६५ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad