कारोबार


जापानी ब्रान्ड सेन्सेईको विश्वकपलक्षित योजनाका विजेता सार्वजनिक

जापानी ब्रान्ड सेन्सेईको विश्वकपलक्षित योजनाका विजेता सार्वजनिक

नेपालखबर
माघ ५, २०८२ सोमबार १५:३६, काठमाडौँ

जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सेईले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता क्याम्पेनअन्तर्गत विजेता सार्वजनिक गरेको छ।

उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले देशभर सञ्चालन गरिएको यस अभियानअन्तर्गत भाग्यशाली विजेता सुर्खेत निवासी दिवस खत्री छनोट भएका छन्। उनले कौशल इन्टरप्राइजेज, सुर्खेतबाट सेन्सेई ब्रान्डको वासिङ मेसिन खरिद गरी योजनामा सहभागिता जनाएका थिए।

यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रासहित ऐतिहासिक वानखेडे स्टेडियम मा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्। यात्रासम्बन्धी हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च सेन्सेई नेपालले नै व्यहोर्ने जानकारी दिएको छ।

कम्पनीका अनुसार क्याम्पेनसँगै उपभोक्ताका लागि आकर्षक अफरहरू पनि उपलब्ध गराइएको छ। कम्पनीका अनुसार फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क, सेमिअटोमेटिक वासिङ मेसिन खरिदमा इलेक्ट्रिक केटल उपहार तथा ४३ इन्च तथा सोभन्दा माथिका सेन्सेई टेलिभिजन खरिदमा नेट टिभीको ९ महिनाको निःशुल्क सब्स्क्रिप्सन सुविधा प्रदान गरिएको छ।

सीमित अवधिका लागि सञ्चालन गरिएको यस योजनामा अझै पनि सहभागी भई आगामी चरणका विजेता बन्ने अवसर बाँकी रहेको सेन्सेई नेपालले जनाएको छ। कम्पनीले उपभोक्तालाई नजिकको आधिकारिक बिक्रेताबाट सेन्सेईका उत्पादन खरिद गरी समयमै सहभागिता जनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad