मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (नायब सीईओ) रामशरण तिमल्सिनालाई निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।
४ गते बसेको सञ्चालक समिति बैठकले तिमिल्सिनालाई निमित्तको जिम्मेवारी दिएको हो।
कम्पनीका कार्यकारी प्रमुख (प्रबन्ध सञ्चालक) भरतराज ढकालले राजीनामा दिएपछि तिमल्सिना निमित्त सीईओ बनेका हुन्।
बैठकले ढकालको राजीनामा पनि स्वीकृत गरेको अध्यक्ष सीताराम काफ्लेले बताए।
3.8k
Shares

प्रतिक्रिया