कारोबार


बढ्न खोजेको सूचकलाई कारोबारले दिएन साथ

बढ्न खोजेको सूचकलाई कारोबारले दिएन साथ

नेपालखबर
माघ १९, २०८२ सोमबार १५:३१, काठमाडौँ

चुनावी रौनकसँगै बढेको नेप्से पुन: ओरालो लाग्न थालेको छ। गत हप्ता बिहीबार र यो साताको पहिलो कारोबार दिन आइतबार लगातार घटेको नेप्से सोमबार (आज) भने सामान्य बढ्यो।

राताम्मे बजारको निरन्तरतालाई भंग गर्न खोजेपनि लगानीकर्ताले कारोबारलाई खुम्च्याए पनि सूचकले बढ्ने टेवा पाउन सकेन। बरु सोमबार कारोबार खुलेको ११ मिनेटमै २६ अंकको उकालो यात्रा गरेको नेप्सेले दिनभर भने टिकिरहन सकेन। 

सोमबार बजार खुल्दा २६८० मा रहेको सूचक ११ बजेर ११ मिनेटमा पुग्दा २७०६अंकमा पुगेको थियो। तर त्यसपछि लगानीकर्ताले पर्ख र हेरको रणनीतिअवलम्बन गर्दा सूचक सो भन्दा माथि उक्लिन सकेन। बरु लगानीकर्ताले बिक्री चाप बढाउन पुग्दा बजार बन्द हुनु ३ मिनेट अघिसम्म सूचक निरन्तर घट्न पुग्यो। अन्तिम तीन मिनेटमा पनि थोरै खरिद माग बढ्दा सूचक १.५३ अंकले बढेर बन्द भयो। 

यस अघि २७८८ अंकसम्म पुगेसँगै लगानीकर्ता नाफा बुकमा लागे। जसले गर्दा २८ को अवरोध नेप्सेले त्यसबेला तोड्न सकेन। तर नाफा बुक त्यसपछि पनि निरन्तर बढ्दा सूचक पुन २६ सयकै यात्रामा आइपुगेकोहो। 

यसले नाफा बुक गरेका लगानीकर्ता र नाफा बुक गर्न नसकेका दुवै किसिमका लगानीकर्ता पर्ख र हेरको रणनीतिमा देखिए। जसले गर्दा पछिल्लो १० कारोबार दिन यताकै कम कारोबार हुन पुग्यो। आइतबार ९ अर्ब १० करोडको कारोबार गरेका लगानीकर्ताले सोमबार ८ अर्ब २२ करोडको मात्रै सेयर किनबेच गरेका हुन्। गत हप्ता लगानकीकर्ताले एकै दिन अधिकतम १६ अर्बसम्मको कारोबार गरेका थिए। 
सूचक नबढेसँगै सेयरबिक्री चाप बढ्दा कारोबारमा आएका मध्ये १३४ वटाको सेयरमूल्य घट्दा ११४ वटाको मात्रै बढेको देखिन्छ।
यो दिन एसवाई प्यानल, श्रीनगर एग्रीटेक र हिमस्टार उर्जा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो भने सान्भी इनर्जी र बन्दीपुर केबलकारको मूल्य सर्किट लेबलमै बढ्न पुग्यो। यता घट्नेमा भने आज मिथिला लघुवित्त अगाडि देखियो। यो कम्पनीको सेयरमा आज नकारात्मक सर्किट लागेको हो। 

कारोबारका आधारमा भने आज आँखु जलविद्युत कम्पनी अगाडी छ। यो कम्पनीको सेयरमा लगानीकर्ताले ४१ करोडबराबरको कारोबार गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad