कारोबार


साढे ९ अर्ब बैंक तथा वित्तीय संस्थामा राख्दै राष्ट्र बैंक

साढे ९ अर्ब बैंक तथा वित्तीय संस्थामा राख्दै राष्ट्र बैंक

नेपालखबर
चैत २, २०८२ सोमबार १७:१०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले साढे ९ अर्ब रुपैयाँ बैंक तथा वित्तहरुमा मुद्दती निक्षेपमा राख्ने भएको छ। 

केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नुपरेकोले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुसँग आवेदन माग गरिएको हो। 

राष्ट्र बैंकले १ वर्षका लागि उक्त रकम राख्न लागेको छ। यसमा बैंक तथा वित्तहरुले लिन चाहेको रकम खुलाएर चैत ५ गते साँझ ७ बजेभित्र ब्याजदर प्रस्ताव गर्न सक्नेछन्। 

केन्द्रीय बैंकका अनुसार क वर्गका बैंकहरुमा ७ अर्ब ६० करोड, ख वर्गका बैंकहरुमा १ अर्ब ४२ करोड ५० लाख र ग वर्गकामा ४७ करोड ५० लाख रुपैयाँ राख्न लागिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad