नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) सञ्चालक समिति सदस्यबाट लीमा अधिकारीले राजीनामा दिएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य बनेपछि अधिकारीले निफ्राबाट बिदा लिएकी हुन्।
अधिकारी रास्वपाकी केन्द्रीय कोषाध्यक्ष हुन्।
साढे ४ वर्ष निफ्रा सञ्चालक समितिमा काम गरेकी उनी पछिल्लोपटक गत २३ मंसिरमा सातौं वार्षिक साधारणसभाबाट दोश्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएकी थिइन्।
अधिकारीले आगामी दिनमा नेपालको पुर्वाधार विकासमा देखिएका अवरोधहरुको समाधान गर्ने थुप्रै नीतिगत तथा प्रशासनिक सुधारहरूका लागि पहल गर्ने बताएकी छन्।
‘करिब साढे चार वर्षको नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को बोर्ड अफ डिरेक्टरको रूपमा मेरो यात्रा आजबाट औपचारिक रूपमा समापन भएको छ,’ अधिकारीले भनिन्, ‘देशको पूर्वाधार क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने यस गरिमामय संस्थासँग आबद्ध हुन पाउनु मेरा लागि एक महत्त्वपूर्ण उपलब्धि हो।’
आगामी दिनमा नेपालको आर्थिक रूपान्तरणका लागि अझ ठूला र गौरवशाली आयोजनाहरूमा लगानी भित्र्याउन बैंक सफल हुने विश्वस्तसमेत उनले व्यक्त गरेकी छन्।
Shares

प्रतिक्रिया