क्यानडा पठाइदिन्छु भन्दै पाँच जनाबाट २७ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँबाट एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा कञ्चनुरको भीमदत्त नगरपालिका-१८ घर भई काठमाडौं महानगरपालिका-९ बस्ने ५१ वर्षीया गीता भण्डारी छिन्।
वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २७ लाख रूपैयाँ लिई
सम्पर्कविहीन भएकी उनलाई प्रहरीले काठमाडौँबाटै पक्राउ गरेको हो।
उनीविरुद्ध पीडितले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले खोजी गरेको थियो। उनलाई काठमाडौँ महानगरपालिका-९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
186
Shares

प्रतिक्रिया