समाज


चिकित्सा शिक्षा आयोग उपाध्यक्षको नियुक्ति अविलम्ब नगरे सत्याग्रह गर्ने गोविन्द केसीको चेतावनी

चिकित्सा शिक्षा आयोग उपाध्यक्षको नियुक्ति अविलम्ब नगरे सत्याग्रह गर्ने गोविन्द केसीको चेतावनी

नेपालखबर
जेठ ३१, २०८३ आइतबार १५:५३, काठमाडौँ

प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदमा अविलम्ब नियुक्ति प्रक्रिया अगाडि नबढाए सत्याग्रह गर्ने चेतावनी दिएका छन्।

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै निष्पक्ष रूपमा योग्यता, दक्षता, अनुभव र स्वच्छ छविका आधारमा मात्र छनोट भएका व्यक्तिलाई उपाध्यक्षमा अविलम्ब नियुक्त गर्न माग गरेका हुन्।

‘राजनीतिक र निजी संस्था लगायत अन्य स्वार्थपरक समूहसँग आबद्ध उम्मेदवारहरू (स्वार्थ बाझिने) हामीलाई स्वीकार्य हुने छैन,’ उनले लेखेका छन्, ‘चिकित्सा शिक्षा आयोगको रिक्त रहेको उपाध्यक्षको पदको नियुक्तिमा ढिलाइले बालेन सरकार विभिन्न स्वार्थ समूहको प्रभावमा परेको प्रस्ट अनुभव हुन्छ।’

यस्तै उनले नेपालका स्वास्थ्य र शिक्षा क्षेत्रका वस्तुस्थिति, चुनौती र समाधानका लागि सल्लाह, सुझाव र मागहरू समेत समेटेर प्रधानमन्त्री, सम्बन्धित मन्त्रीहरू र संसदीय समितिमा बुझाइएको ज्ञापनपत्र उपर आवश्यक कारबाही अगाडि बढाउन सरकारलाई अनुरोध समेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad