समाज


महोत्तरीका बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

महोत्तरीका बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

नेपालखबर
जेठ ३१, २०८३ आइतबार २०:४६, काठमाडौँ

महोत्तरी जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज घर हस्तान्तरण गरिएको छ। गत असोज १९ र २० गते जिल्लाको रातो खोलामा आएको बाढीका कारण घरवारविहीन भएका भङ्गहा नगरपालिकाका दलित, गरीब र अतिविपन्न ७३ परिवारलाई नयाँ घर निर्माण गररी आज हस्तान्तरण गरिएको हो। 

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा साझेदार संस्था दलित समाज उत्थान समिति नेपालले नगरभित्र सञ्चालन गरेको एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत यहाँका बाढी पीडित परिवारलाई निर्माण सामग्री सहयोग गरी घर बनाएर आज सम्बन्धित व्यक्तिलाई हस्तान्तण गरेको हो। 

भङ्गहा–४ स्थित थारुटोलमा आज आयोजित एक कार्यक्रममा नगरप्रमुख सञ्जीवकुमार साहलाई गुड नेवर्स इन्टरनेशनलका प्रतिनिधि टुपेन्द्र खुलाल र दलित समाज उत्थान समितिका प्रतिनिधि रामभजन महतोले संयुक्त रूपमा घरको प्रमाणपत्र हस्तान्तरण गरे।  

सहयोगी संस्थाले भङ्गहा(१ मा एक, वडा नं २ मा तीन, वडा नं ३ मा आठ, वडा नं ४ मा १२, वडा नं ५ मा आठ, वडा नं ६ मा १२, वडा नं ७ मा आठ, वडा नं ८ मा पाँच र वडा नं ९ मा १६ वटा घर निर्माण गरेका छन् । रु एक करोड एक लाख ७१ हजार ५७४ खर्च गरेर निर्माण गरिएका ७३ वटा घरबाट ३७५ जना प्रत्यक्ष लाभान्वित भएका एकीकृत सामुदायिक विकास परियोजनाले जनाएको छ।

घर हस्तान्तरण कार्यक्रममा नगरप्रमुख साहले पालिकाभित्रका दलित, गरिब र अतिविपन्न बाढी पीडित ७३ परिवारलाई घर बनाउन सहयोग गर्ने सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गरे। उनले पालिकाभित्र यी संस्थाहरूले शिक्षा, स्वास्थ्य, सरसफाइ, बालअधिकार, बालविवाहमुक्त अभियान, आयआर्जनलगायत क्षेत्रमा पुर्‍याएको सहयोगको प्रशंसा गरे। उनले नगरको समग्र विकासका लागि आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad