पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले २५ लाख रुपैयाँ धरौटी बुझाएको छ।
विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सो कम्पनीका तर्फबाट अख्तियार प्राप्त रविन रिजालबाट २५ लाख नगद धरौटी वा सोबराबरको बैंक जमानत लिई तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।
सो मुद्दामा २०७१ जेठ ८ मा भएको कमर्सियल कन्ट्राक्ट अग्रिमेन्ट समेतका मिसिल संलग्न तत्काल प्राप्त आधार प्रमाणहरुलाई दृष्टिगत गर्दा प्रतिवादी उक्त कम्पनीको हकमा विशेष अदालत ऐन २०५९ को दफा ७ को -घ)को अवस्था विद्यमान रहेको अदालतले ठहर गरेको छ।
उक्त विमानस्थल निर्माणको लागत २१५.९६४ मिलियन अमेरिकी डलर कायम गरी नेपाल नागरिक उड्डयन प्राधिकरण र कम्पनीबीच सम्झौता भएको थियो। कम्पनीमाथि सरकारी कर्मचारीहरुसँगको मिलेमतोमा ७ करोड ४३ लाख ४३ हजार ४ सय ५० अमेरिकी डलर गैरकानुनी हानि पु¥याउने बदनियत राखी स्वीकृत अनुमान १६ करोड ९६ लाख ९७ हजार अमेरिकी डलरभन्दा अस्वाभाविक रुपमा लागत अनुमान ७ करोड ४३ लाख ४३ हजार ४ सय ५० डलर बढाएर २४ करोड ४० लाख ४० हजार ४ सय ५० डलर बढी मूल्य तिरी प्राधिकरणलाई हानि पु¥याउने बदनियत राखेको आरोपसहित मुद्दा दायर भएको थियो।
यस्तो छ आदेश



Shares

प्रतिक्रिया