कारोबार


कोरोना परीक्षण : कालीमाटीमा ६ सय जनाको नमूना संकलन (भिडियाे)

कोरोना परीक्षण : कालीमाटीमा ६ सय जनाको नमूना संकलन (भिडियाे)

नेपालखबर
जेठ १, २०७७ बिहिबार ९:७,

काठमाडौं उपत्यकामा दश हजार जनाको कोरोना परीक्षण गर्ने लक्ष्यअनुसार नमूना संकलन थालिएको छ।

देशभरी कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारले उपत्यकामा १० हजारको कोरोना परीक्षण गर्ने लक्ष्य लिएको छ।

उपत्यकामा राहत वितरण गर्ने स्वयसेवक, तरकारी व्यापारी, पत्रकार र सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गरिनेछ। सोहीअनुसार बिहीबार कालीमाटी तरकारी बजारमा कोरोना परीक्षणका लागि नमूना संकलन गरेको छ।

कालीमाटीमा ६ सय जनाको कोरोना परीक्षण गर्न नमूना संकलन गरिएको हो। काठमाडौं महानगरपालिकाका वडा नम्बर १३ का वडाध्यक्ष ध्रुव नारायण मानन्धरका अनुसार २ सय जनाको पीसीआर परीक्षणका लागि नमूना संकलन गरिएको र ४ सय जनाको आरडीटी परीक्षणका लागि नमूना संकलन गरिएको छ।

होलसेल बजारलाई लक्षित गरी थोक बिक्रेता बढी व्यक्तिहरुको सम्पर्कमा रहनेहरुको पीसीआर र सवारी चालक तथा तरकारी ओसार्ने व्यक्तिहरुको आरडीटी परीक्षण गरिएको उनले बताए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जोखिममा परेका समूह निर्धारण गरी पहिलो चरणमा १० हजारको नमुना परीक्षण गरिने बताए।

पहिलो विभिन्न अस्पतालमा कार्यरत चिकित्सक, सुरक्षाकर्मी, तरकारी व्यापारी र सञ्चारकर्मीहरुको परीक्षण गरिने उनले बताए। बिहीबार कालीमाटी बजारसँगै टिचिङ अस्पतालमा कार्यरत चिकित्सकहरुको पनि नमूना संकलन गरिएको उनले बताए।

चार दिनभित्र १० हजारको नमूना परीक्षण गरिसक्ने तयारी सरकारले गरेको छ। पहिलो चरणको रिपोर्ट आएपछि दोस्रो चरणका कार्यक्रम सुरु हुनेछन्।

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad