समाज


बाहिरबाट आएकालाई प्रवेश दिए घर सिल गर्ने वडा कार्यालयको चेतावनी

बाहिरबाट आएकालाई प्रवेश दिए घर सिल गर्ने वडा कार्यालयको चेतावनी

नेपालखबर
जेठ १, २०७७ बिहिबार ९:५,

ललितपुर महानगरपालिका वडा नं ६ ले लकडाउनको समयमा बाहिर जिल्ला वा विदेशबाट फर्कि आएका व्यक्तिलाई प्रवेश नदिने भएको छ। 

बिहीबार सूचना प्रकासित गरी वडा कार्यालयले ‘घरधनीहरुले आफ्ना भाडावालालाई विभिन्न कारणले घर गएको अवस्थामा तत्काल फोन मार्फत सम्पर्क गरी आफ्नो घरमा प्रवेश नदिने ब्यहोरा जानकारी’ गर्न भनेको छ।

घरधनीहरुले सूचना लुकाई प्रवेश दिएको अवस्थामा कडा कारवाही गरिने वडा कार्यालयले चेतावनी दिएको छ।

कार्यालयका अनुसार त्यस्ता घरहरुमा तला लगाइ सिल गरिनेछ भने क्वारेन्टिनमा लाग्ने सम्पूर्ण खर्च घरधनीले ब्यहोर्नुपर्ने उल्लेख छ। यिस्तै, संक्रमित प्रमाणित भएको अवस्थामा घरधनीले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने सूचनामा जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad