समाज


शनिबार र आइतबार टाढाको र रातिको समय यात्रा नगर्नू: विपद् व्यवस्थापन प्राधिकरण

ललितपुरसहित २३ जिल्लामा राति सवारीसाधन सञ्चालनमा रोक लगाउन निर्देशन
शनिबार र आइतबार टाढाको र रातिको समय यात्रा नगर्नू: विपद् व्यवस्थापन प्राधिकरण

नेपालखबर
साउन २, २०८३ शनिबार १३:३८, काठमाडौँ

आज शनिबार र भोलि आइतबार २ दिन मनसुन थप सक्रिय भई ठुलो वर्षा हुने सम्भावना देखिएपछि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता सूचना जारी गरेको छ। 

प्राधिकरणका प्रवक्ता/उपसचिव शान्ति महतले शनिबार जारी गरेको सूचनामा भारी वर्षाका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाब, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिमसमेत हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीका लागि निम्न कार्य गर्न/गराउन सम्बन्धित सबैमा अनुरोध गरिएको छ।

-उक्त अवधिमा अत्यन्त जरुरी नभई घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्ने।

-रातो रङ अंकित जिल्लाहरू पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जामा रातिको समयमा
सवारी आवागमनमा रोक लगाउने। परिस्थितिअनुसार जुनसुकै बेला सवारी आवागमन बन्द गर्ने।

-तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने।

-जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायतका साधनहरू तयारी अवस्थामा राख्ने।

-जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकले पूर्वसूचना/चेतावनीअनुसार जोखिमयुक्त स्थानमा बसोबास
गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने।

-अकस्मात् बाढी आउनसक्ने खोला, खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला/नदी किनाराका बस्तीका बासिन्दाहरू बढी चनाखो हुने।

-वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपद्‌मा मद्दत माग्न १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल, नेपालको १११४ हटलाइन नम्बर मोबाइलमा सेभ गरी राख्ने र आवश्यक पर्नासाथ फोन गर्ने।

साथै, जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान / पूर्वसूचना / चेतावनी बारे जानकारी लिइरहनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad